राजनीति

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

काठमाडौं- नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ। 

सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

११ वर्षपछि उत्तर कोरियाका नेता किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इनबीच शुक्रबार दक्षिण कोरियामा भेटवार्ता भएको थियो। जसको विश्वका विभिन्न देशले स्वागत गरेका छन्। 

प्रकाशित: १४ वैशाख २०७५ १६:२६ शुक्रबार

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत