राजनीति

शुल्क नियन्त्रणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

काडमाडौं – संयुक्त विद्यार्थी संगठनले आज (शुक्रबार) निजि विद्यालयको मनपरि शुल्क नियन्त्रणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। पूर्व घोषित कार्यक्रम अन्तर्गत शुल्क नियन्त्रणका लागि दबावमूलक आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरुले देशैभरिका स्थानीय  सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

संविधानले व्यवस्था गरेको स्थानीय तहको अधिकार प्रयोग गरी शिक्षा क्षेत्र व्यवस्थित गर्न संयुक्त विद्यार्थी संगठनले जोडदार माग गरेको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताए।

निजि विद्यालयहरुको मनपरि नियन्त्रण गर्ने र सरकारी  विद्यालयप्रतिको आकर्षण बढाउने तर्फ स्थानीय तह स्वयम् केन्द्रीत हुनुपर्ने विद्यार्थी संगठनहरुको माग छ।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गरी निजि विद्यालयले चर्को शुल्क बृद्धि गरेकोप्रति विद्यार्थी संगठनले आपत्ति जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७५ ०५:४३ शुक्रबार

शुल्क नियन्त्रणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र