राजनीति

माओवादी जागरण अभियान नवलपुर पुग्यो

नेकपा (माओवादी केन्द्र) को तराई-मधेस जागरण अभियान नवलपुर पुगेको छ।

सोमबार (आज) अपराह्न अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू नवलपुरको गैँडाकोट पुगेका छन्।

नेताहरूलाई त्यहाँ भव्य स्वागत भएको दाहालको सचिवालयले जनाएको छ।

पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत उक्त अभियानअन्तर्गत गैँडाकोटमा नेताहरू आज र भोलि रहनेछन्।

प्रकाशित: १ वैशाख २०८२ १७:०५ सोमबार

#maobadi