राजनीति

नविनाले विहे खर्च मृगौला पीडितलाई दिइन

काठमाडौं– अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नविना लामाले विहे खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेकी छन्।

विहीबार प्रेमी प्रवीण श्रेष्ठसँग विहे गरेकी नविनाले वैवाहिक समारोहबाटै मृगौला पीडितलाई डेढ लाख रुपैयाँ सहयोग गरेकी हुन्। 

नविनाले दुबै मृगौला काम नलाग्ने भएर वीर हस्पिटलमा उपचाररत २५ वर्षीय प्रेम बगालेलाई विहे खर्च कटाएर १ लाख ५१ हजार १११ रुपैयाँ प्रदान गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए। 

नविनाले वैवाहिक समारोहमा सचिव लामिछानेलाई चेक हस्तान्तरण गरेकी थिइन्। चेक पाएलगत्तै महासचिव ऐन महर तथा सचिव लामिछानेको नेतृत्वमा अखिलको टोली वीर अस्पताल पुगी पीडितलाई प्रदान गरेको थियो।

प्रकाशित: १३ वैशाख २०७५ १४:१८ बिहीबार

नविनाले विहे खर्च मृगौला पीडितलाई दिइन