राजनीति

२७ गतेको राजावादी कार्यक्रममा राप्रपा नेपालले सक्रिय सहभागिता जनाउने

राप्रपा नेपालले आउँदो चैत २७ गतेको राजावादी कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।

सोमबार (आज) काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

'डा. जगमान गुरुङको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत २७ गते बुधवार आयोजना गर्ने प्रतिबद्धता सभालाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्नेछ । साथै, उक्त सभामा सहभागी हुन सबै राष्ट्रवादी साथीहरूलाई राप्रपा नेपाल आह्वान गर्दछ,' बैठकको निर्णय छ।

२७ गते राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा 'प्रतिबद्धता सभा'को आयोजना गरेको छ।

यस्ता छन् अरु निर्णय-

 

प्रकाशित: २५ चैत्र २०८१ १६:२९ सोमबार

#Kamal Thapa