राजनीति

शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका माग सम्बोधन गर्नुपर्छ : जसपा नेपाल

जसपा नेपालले शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न माग गरेको छ। सोमबार (आज) विज्ञप्ति जारी गर्दै अध्यक्ष उपेन्द्र यादवले यस्तो माग गरेका हुन्।

'बाध्य भएर केही दिनदेखि शिक्षकहरू आफ्ना मागहरू लिएर काठमाडौंको सडकमा आन्दोलनरत छन्। सरकारले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका न्यायोचित मागहरूलाई सम्बोधन गर्नु पर्दछ,' विज्ञप्तिमा भनिएको छ।

उनले सरकारले शिक्षासम्बन्धी नीति, योजना, ऐन-कानून र कार्यक्रमहरूको समीक्षा गरी व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा देखा परेका विसंगति, अराजकता र अन्यौलताको स्थितिलाई अन्त्य गर्न पनि माग गरेका छन्।

प्रकाशित: २५ चैत्र २०८१ १६:२० सोमबार

#Upendra Yadav