राजनीति

राजावादी आन्दोलनप्रति परियार- त्यो तुलनायोग्य विषय होइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले राजावादी आन्दोलनका प्रति कटाक्ष गरेका छन्।

'सडकमा जे भइरहेको छ, त्यो तुलनायोग्य कुरा होइन,' शनिबार (आज) नेसपा (नयाँ शक्ति) द्वारा काठमाडौंमा आयोजित 'सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्व : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको औचित्य' विषयक अन्तर्क्रियामा बोल्दै परियारले भने।

तर, कहीँ न कहीँ कमजोरी भइरहेको उनले बताए। 'तर, त्यति हुँदा पनि कहीँ न कहीँ कमजोरी छन्। एउटा छाडेर धेरै राजा चाहिएन भन्नुमा पनि केही कुराहरू छन्। त्यसैले हामीले यहीँ काम गर्नुपर्छ,' उनले भने।

उनले मूलत: राजनीतिकभन्दा पनि सामाजिक रूपमा नै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। 'जुनसुकै व्यवस्था भए पनि सामाजिक रूपमा समस्याहरूको समाधान हुन सकेन भने त्यसले निकास दिँदैन,' उनले भने।

प्रकाशित: २३ चैत्र २०८१ १५:१६ शनिबार

#Santosh Pariyar