राजनीति

दलहरूमा समस्या भयो राजतन्त्र फर्काउनुपर्छ भन्ने तर्क हास्यास्पद : अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दलमा समस्या हुँदा राजतन्त्र फर्काउनुपर्छ भनेर गरिएको व्याख्यालाई कुर्तकको संज्ञा दिएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समा ‘राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र’ पुस्तकको एक अंशबारे चर्चा गर्दै उनले यस्तो उल्लेख गरेका हुन्।  

उनले भनेका छन्, ‘नेपालमा अहिले दलहरूको नेतृत्वमा नै राजा-रजौटा प्रवृत्ति हावी भएकाले बरु पुरानै मृत राजतन्त्रलाई किन नब्युँताउने? भन्ने हास्यास्पद कुतर्क केही वृत्तमा चल्न थालेको छ।’

यस्तै कुराको खण्डन गर्दै मैले २०६१ माघ ६ गते ९ तत्कालीन राजा ज्ञानेन्द्रले प्रम देउवालाई बर्खास्त गरेर सम्पूर्ण सत्ता हातमा लिएको माघ १९ गते भन्दा १३ दिन अगाडि एक लेखमार्फत गरेको कुरा पनि उनले स्मरण गराएका छन्।  

उनले अगाडि लेखेका छन्, ‘त्यसैलाई बहाना बनाएर प्रचण्डले हामीलाई तत्कालै माघ १६ गते पार्टीभित्र कारबाही गरेका थिए। जुन अब इतिहास भइसकेको छ।’ नयाँ पुस्ताले यो इतिहास ख्याल गर्नुपर्ने उनको भनाइ छ। 

 

प्रकाशित: २३ चैत्र २०८१ १४:१४ शनिबार

#Baburam Bhattarai #NagarikNews