राजनीति

मुकुल भन्छन्: रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको बताएका छन्। सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै लामिछानेको पार्टी सदस्यता बाँकी नरहेको रास्वपाका निलम्बित महामन्त्री ढकालको दाबी छ। 

सामाजिक सञ्जाल एक्समा मुकुल लेख्छन्, ‘विधानतः रवि दाइ राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट पनि स्वत: निलम्बित भएका छन्।’ 

शुक्रबार उच्च अदालत तुलसीपुरले लामिछानेलाई सहकारी ठगीको कसुरमा थुनामा पठाउने आदेश दिएपछि काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेर भैरहवा लगेको छ। 

रास्वपाको विधान अनुसार भ्रष्टाचार र नैतिक पतनको अभियोगमा सजाय पाएकालाई सदस्यता अयोग्य हुन्छ। यस्तो योग्यता कायम नरहेमा सदस्यता स्वतः समाप्त हुने उल्लेख छ।

प्रकाशित: २३ चैत्र २०८१ १३:०६ शनिबार

#Rabi Lamechhane #mukuldhakal