राजनीति

रास्वपालाई महासचिव पोखरेलको प्रश्न : रविजी गृहमन्त्री हुँदा प्रहरीको पुर्जी काट्ने 'रीति' के थियो?

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने 'रिति र थिति' रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन्। 

शनिबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई सो प्रश्न गरेका हुन्। उनले सुधारको खोजी यस्तै बेलामा हुने हो बताउँदै लेखेका छन्, 'प्रहरीको पुर्जी काट्ने 'रीति र थिति' रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरूलाई 'थाह' नहुने कुरै भएन। तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि!'

यसअघि रास्वपाको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको भर्त्सना गर्ने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्

रवि पक्राउपछि रास्वपाले भन्यो : प्रहरीले सभापतिको ‘बेडरूमभित्र बसेर’ पुर्जी लेख्ने अनौठो अभ्यास गर्‍यो

प्रकाशित: २३ चैत्र २०८१ ०७:५९ शनिबार

#Rasopa #Rabi Lamichhane #shankar pokharel