राजनीति

प्रतिगामी शक्तिहरू अनावश्यक रूपमा हलचल मच्चाइरहेका छन्: राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिगामी शक्तिहरूले अनावश्यक रूपमा हलचल मच्चाइरहेका बताएका छन्।

बिहीबार (आज) काठमाडौंमा सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्।

'प्रतिगामी शक्तिहरूले अनावश्यक रूपमा हलचल मच्चाइरहेका छन्,' राउतले भने, 'देशमा राजनीतिक रूपमा जटिल माहोल निर्माण भएको छ। प्रतिगामी शक्तिहरूले अनावश्यक रूपमा हलचल मच्चाइरहेका छन्। अतिवादीहरूले त्यसमा घ्यू थपिरहेका छन्।'

उनले आफूहरूले पाइसकेको अधिकार खोस्ने चेष्टा भइरहेको पनि बताए। 'यो देशमा अहिले हामीले जुन अधिकार पाइसकेका थियौँ, त्यो खोस्ने चेष्टा भइरहेको छ,' उनले भने।

प्रकाशित: २१ चैत्र २०८१ १७:२२ बिहीबार

#Sanghiya lokatantrik morcha