राजनीति

'आन्दोलनको मैदानमा शिक्षकहरूसँग भेट हुँदा खुसी हुन सकिएन'

सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षकहरू समाजका अभिभावक भएको बताएका छन्।

काठमाडौंमा शिक्षक आन्दोलन चलिरहँदा फेसबूकमा लेखेका भण्डारीले भनेका छन्- शिक्षक हाम्रो वर्तमान र भविष्यका दर्पण हुन्,  कस्तो समाज हामी बनाउन चाहन्छौँ, त्यस समाजका पहिलो अभिभावक हुन्।

तर, अहिले उनीहरूमाथि असुविधा, पेशाप्रतिको असुरक्षा र अपमान भएको भन्दै त्यो समाजको पनि अपमान भएको भण्डारीले औँल्याएका छन्।

'तसर्थ, हामी भविष्य निर्माता शिक्षकका साथमा छौँ। शिक्षकका जायज माग पूरा गर्न र गराउन हामी सबै प्रतिबद्ध छौँ। आन्दोलनको मैदानमा शिक्षक साथीहरूसँग भेट गर्नुपर्दा खुसी हुन सकिएन। त्यसको नैतिक जिम्मा मेरो पनि हो,' उनले लेखेका छन्।

शिक्षकहरू काठमाडौंमा आन्दोलित छन्। उनीहरूले यथाशीघ्र आफ्ना मागहरू पूरा गर्नुपर्ने सरकारसँग माग राखेका छन्। सरकारले उनीहरूलाई वार्ताका लागि आह्वान गरेको छ।

प्रकाशित: २१ चैत्र २०८१ १६:०० बिहीबार

#Chandra Bhandari