राजनीति

विधानमा रहेर काम गर्न अपाङ्ग सङ्घलाई थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको भातृ सङ्गठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घलाई विधानमा रहेर काम गर्न निर्देशन दिएका छन्।

बिहीबार (आज) पार्टी मुख्यालय सानेपामा सङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै महामन्त्री थापाले यस्तो निर्देशन दिएका हुन्।

'विधानमा रहेर काम गर्नुस्। हामी सबैले यही गर्नुपर्छ,' उनले निर्देशन दिए।

महामन्त्री थापाले स्थानीय तहदेखि सङ्घीय तहसम्म अपाङ्गता भएको व्यक्तिका लागि काम गर्न पनि निर्देशन दिएका छन्।

प्रकाशित: २१ चैत्र २०८१ १४:३४ बिहीबार

#Apangga Sangha