राजनीति

महानगरमा धरपकडपछि बालेनलाई रास्वपा नेतृ संग्रौलाको ढाडस : डन्ट वरी हामी छौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछानेपछि काठमाडौँ महानगरका मेयर बालेन शाहलाई सक्काउन सरकार लागिपरेको आरोप लगाएकी छन्। 

सामाजिक सञ्जालमा लेख्दै नेतृ संग्रौलाले यस्तो आरोप लगाएकी हुन्। उनले रविलाई यो सरकारले बिनाकारण दु:ख दिँदा बालेन एक शब्द नबोलेको बताउँदै रवि बालेनका लागि बोल्ने उल्लेख गरिन्। 

उनले बालेनलाई अप्ठेरो पर्दा आफूहरू बोल्ने भन्दै भनिन्, 'डन्ट वरी हामी छौँ।'

उनले लेखेकी छन‍्, 'यो भ्रष्ट सरकार रविपछि बालेनलाई सक्काउन लागिपरेको छ! रविलाई यो सरकारले बिनाकारण यत्रो दु:ख दिँदा बालेन एक शब्द बोलेनौ, तर रवि तिम्रो लागि बोल्ने छन्, तिमीलाई अप्ठेरो पर्दा बोल्ने छन्। हामी बोल्नेछौँ! हामी छौं! डन्ट वरी।'

प्रकाशित: २१ चैत्र २०८१ १३:५० बिहीबार