राजनीति

राष्ट्रपतिले गरे संसदको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् ।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी राष्ट्रपति पौडेलले संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।  

मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले मंगलबार हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।  

प्रकाशित: १९ चैत्र २०८१ ११:५८ मंगलबार

#Ramchandra Poudel