राजनीति

गोकुलले प्रसाईंलाई भस्मासुरको संज्ञा दिँदै भने : सबैको टाउकोमा हात राख्न खोज्ने अहिले मन्दिरतिर नाच्दै छ

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले दुर्गा प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका छन‍्।

उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका हुन्। भस्मासुरले जस्तै सबैको टाउकोमा हात राख्न खोज्ने प्रसाईं अहिले मन्दिरतिर नाच्दै गरेको उनले बताए।

'भस्मासुरले सबैको टाउकोमा हात राख्न खोज्दै थियो, अहिले मन्दिरतिर नाच्दै छ,' उनले भने, 'भगवान विष्णुसँगै ननाच्दासम्म यसको वितण्डा अझै चल्ने आशामा छन् प्रेतात्माहरू।'

यसअघि गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको र काठमाडौंकै कुनै मन्दिरमा सुरक्षित बसेको अभिव्यक्ति दिएका थिए।

प्रसाईं शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक आन्दोलन गराएर फरार रहँदै आएका छन्।

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईंले भने: म सिंह हुँ, एक कदमपछि हटेर, आक्रमण गर्छु

प्रकाशित: १९ चैत्र २०८१ ०९:०४ मंगलबार