राजनीति

गणतन्त्रको पक्षमा कालिकोटमा एमालेको विरोधसभा र र्‍याली

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सत्तारूढ नेकपा (एमाले)ले सोमबार कालिकोटको मान्ममा विरोधसभा र र्‍याली गरेको छ।

राजावादीहरू सलबलाएको र गणतन्त्रविरूद्ध धावा बोलेको भन्दै एमालेले  र्‍यालीसहित विरोधसभा गरेको हो ।

र्‍याली बजार परिक्रमा गरेर प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको छ। र्‍यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको हो।

विरोधसभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज नगेन्द्र शाही नेशनलले गणतन्त्रलाई संस्थागत रूपमा विकास गर्न सबै सचेत नागरिकको भूमिका रहेको बताए । राजतन्त्रको औचित्य समाप्त भइसकेका बेला फेरि राजाले शासक बन्ने सपना देख्नु व्यवस्थाविरोधी कार्य भएको उनले बताए ।  

युवा नेता राजेन्द्र थापाले राजावादीले गरेका विभिन्न गतिविधि गणतन्त्रमा सैय नहुने बताएका छन् । उनले अराजक गतिविधि गर्ने जो कोहीलाई सरकार छोड्न नमिल्ने बताएका छन् ।

प्रकाशित: १८ चैत्र २०८१ १८:४३ सोमबार

#UML Pradarsan