राजनीति

नेता रिहाइ र तीनकुने घटना छानबिनको माग गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

राप्रपा र निकटका संगठनले नेताहरूमाथि झूटो मुद्दा लगाएर कारबाही थालिएको भन्दै विरोध जनाएका छन् ।

उनीहरूले सबैलाई तत्काल रिहा गर्न माग गरेका छन् । पक्राउ परेका नेताहरू छाड्नुपर्ने, तीनकुने घटनाका मृतकहरूलाई शहीद घोषणा, घटनाको छानबिन हुनुपर्ने उनीहरूको मुख्य माग छ ।

प्रकाशित: १८ चैत्र २०८१ १५:२८ सोमबार