राजनीति

प्रधानमन्त्रीको ‘अराजक कुन्ठित’ शब्द रेकर्डबाट हटाउन माग

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अराजक कुन्ठित’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। आज सभामुख देवराज घिमिरेलाई प्रधानमन्त्री ओलीले सम्बोधनमा क्रममा बोलेका ती शब्द रेकर्डबाट हटाउन अनुरोध गरेका हुन्। सो अवसरमा प्रमुख सचेतक शाहीले तीनकुनेमा सर्वसाधारण नागरिकलाई गोली हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कारबाही गर्न पनि अनुरोध गरेका छन्। 

यसबारे जानकारी दिँदै शाहीले फेसबुकमा लेखेका छन्, ‘आजको संसद्‌मा सभामुख ज्यूलाई प्रधानमन्त्रीज्यूको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन आग्रह गरेका छौ साथै, काठमाडौँको  तिनकुनेमा सर्वसाधारण नागरिकलाई गोली हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कारबाही गर्न अनुरोध गरेका छौ।।’ 

प्रकाशित: १८ चैत्र २०८१ १३:०० सोमबार