राजनीति

रविन्द्र र धवलशमशेरको रिहाइ माग्दै भक्तपुरमा राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुर जिल्ला समितिले आइतबार साँझ कमलविनायकमा प्रदर्शन गरेको छ।

चैत १५ को आन्दोलनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणाको बिनाशर्त रिहाइको माग गर्दै उक्त प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रदर्शनमा चैत १५ को आन्दोलनमा ज्यान गुमाएका युवा र पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

साथै, राप्रपाले चैत २६ गते बागमती प्रदेशमा र वैशाख ७ गतेदेखि उपत्यकामा गर्ने शान्तिपूर्ण आन्दोलनमा सबै राष्ट्रवादीहरूलाई सहभागी हुन अपिल गरेको छ।

प्रकाशित: १७ चैत्र २०८१ २०:१५ आइतबार