समाज

दुर्गा प्रसाई समूहका पशुपति खड्का र सन्तोष राजावादी पक्राउ

प्रहरीले दुर्गा प्रसाई समूहका आन्दोलनकारी र लुटपाटमा संलग्न रहेको आरोपमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का र सन्तोष राजावादीलाई पक्राउ गरेको छ।

राजधानीको बालुवाटार र तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको अभियोगमा उनीहरूलाई हिरासतमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार पशुपति खड्कालाई शनिबार साँझ बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो।

त्यस्तै, सन्तोष राजावादीलाई शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ।

प्रहरीले यसअघि सोही घटनामा १११ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत रहेका छन्।

तीनकुने घटनाको अनुसन्धानका लागि प्रहरीले थप प्रमाण संकलन गरिरहेको जनाइएको छ।

प्रकाशित: १६ चैत्र २०८१ २०:३१ शनिबार