राजनीति

ज्ञानेन्द्र लक्षित देउवा: अहिले नै यस्तो गर्छन् भने राजा भए के गर्लान् ?

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र कुनै हालतमा नहट्ने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह कहिल्यै संवैधानिक राजा बन्न नसक्ने बताएका छन्।

शनिबार लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्रको स्थायित्वबारे स्पष्ट धारणा राखे।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति संकेत गर्दै देउवाले भने, ‘पूर्वराजाको नाममा हुलहुज्जत भयो, अराजक गतिविधि भए। अहिले नै यस्तो गर्छन् भने राजा भए के गर्लान् ?’

उनले पूर्वराजा शाह कहिल्यै संवैधानिक राजा बनेको इतिहास नभएको र भविष्यमा पनि त्यो सम्भव नभएको जिकिर गरे। ‘संवैधानिक राजा बन्ने कुनै नेचर छैन, सम्भावना पनि छैन। गणतन्त्र कसैले चाहेर हट्ने होइन। अहिले देश एकढिक्का भएर अघि बढिरहेको छ,’ उनले थपे।

प्रकाशित: १६ चैत्र २०८१ १५:१३ शनिबार