राजनीति

एकीकृत समाजवादीको कार्यालय निरीक्षण गर्दै गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले चैत १५ गते तोडफोड भएको नेकपा (एकीकृत समाजवादी) को कार्यालय निरीक्षण गर्दैछन्।

मन्त्री लेखकले शनिबार (आज) बिहान ११ बजे आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालय निरीक्षण गर्दैछन्।

यसअघि चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा एकीकृत समाजवादीको कार्यालय तोडफोड भएको थियो। 

प्रकाशित: १६ चैत्र २०८१ १०:१४ शनिबार

#Ekikrit samajbadi