राजनीति

समाजवादी मोर्चाको बैठक जारी

चारदलीय समाजवादी मोर्चाको बैठक जारी छ।

मोर्चासम्बद्ध दल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा जारी बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल चलिरहेको छ।

अहिले चैत १५ गतेको राजावादी आन्दोलनबारे प्रमुख नेताहरूले ब्रिफिङ गरिरहेका छन्। तीनकुने केन्द्र बनाएर प्रदर्शित राजावादीहरूले घर तथा गाडी जलाएका छन् भने एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड गरेका छन्।

मोर्चाका नेताहरूले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्।

प्रकाशित: १६ चैत्र २०८१ ०९:१६ शनिबार

#Samajbadi Morcha