राजनीति

माओवादीको स्पष्टोक्ति: कुलमानलाई टिआरसीसँग साटेको होइन

नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा आपत्ति जनाएको छ।

मंगलबार पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु बदनियत पूर्वक रहेको बताएका हुन्।

‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ’, माओवादीले भनेको छ, ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ 

त्यस्तै घिसिङलाई हटाइएको विषय बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर भ्रम छर्न खोजेको पनि विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: १२ चैत्र २०८१ १८:०० मंगलबार

#Mawobadi Center #Kulman Ghising