राजनीति

कुलमान बर्खास्तको सरकारको निर्णयप्रति सुमना- विनाश काले विपरीत बुद्धि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने निर्णयलाई 'विनाश काले, विपरीत बुद्धि' भनेकी छन्।

'सरकारको प्राथमिकता- के तीन महिना कार्यकाल बाँकी रहेको लोकप्रिय प्रशासकलाई यस्तो संवेदनशील समयमा हटाउने ?,' उनले भनिन्।

उनले जनाको आक्रोश बुझ्न नसक्ने दुईतिहाइको सरकार भनेर रोष पोखेकी छन्।

सरकारले सोमबार (आज) मात्रै घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

प्रकाशित: ११ चैत्र २०८१ २१:४३ सोमबार

#Sumana Shrestha