राजनीति

'०१५ सालमा बीपीलाई महेन्द्रले प्रधानमन्त्री स्वीकारेर बसेको भए संवैधानिक राजतन्त्र रहन्थ्यो'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै नभएको बताएका छन्।

नेपाली कांग्रेस, सुनसरीले सोमबार (आज) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

'नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै छैन। ०१५ सालमा बीपी कोइराला प्रधानमन्त्री बनेपछि महेन्द्रले स्वीकारेर बसेको भए संवैधानिक राजतन्त्र हुन्थ्यो,' उनले भने।

उनले नेपाली कांग्रेस नेपालमा राजतन्त्र र गणतन्त्र सँगसँगै जान सक्दैन भन्ने निष्कर्षमा पुगेपछि परिवर्तन भएको जिकिर पनि गरे।

प्रकाशित: ११ चैत्र २०८१ १५:१६ सोमबार

#Gagan Thapa