राजनीति

जनमतसँग पार्टी एकताका लागि नागरिक उन्मुक्तिले बनायो चौधरीको नेतृत्वमा कार्यदल

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी एकताका लागि कार्यदल बनाएको छ।

केन्द्रीय समिति बैठकले नेता गंगाराम चौधरीको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। कार्यदलमा सुनिता चौधरी र रामलाल डगोरा सदस्य छन्।

अध्यक्ष श्रेष्ठका अनुसार कार्यदलले जनमत पार्टीसँग कसरी एकता गर्ने भन्नेबारे सुझाव दिनेछ। 'कार्यदलले जनमत पार्टीसँगको एकताबारे सुझाव दिनेछ,' अध्यक्ष श्रेष्ठले भनिन्।

नागरिक उन्मुक्ति र डा. चन्द्रकान्त राउतको पार्टी जनमतसँग एकता हुने पक्कापक्की भइसकेको छ।

प्रकाशित: १० चैत्र २०८१ २०:२६ आइतबार

#nagarik unmukti party