राजनीति

जनमत पार्टीकी केन्द्रीय सदस्य यादव जसपा नेपाल प्रवेश

जनमत पार्टीकी केन्द्रीय सदस्य नीलम यादव जसपा नेपाल प्रवेश गरेकी छन्।

शनिबार (आज) जसपा नेपाल रुपन्देही जिल्ला समितिले भैरहवाको बुद्धचोकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यादवले पार्टी प्रवेश गरेकी हुन्।

यस्तै पार्टीको लुम्बिनी प्रदेश सांसद सीता गुरुङका श्रीमान् कैलाश गुरुङले पनि जसपा नेपाल प्रवेश गरेका छन्।

उनीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका छन्।

प्रकाशित: ९ चैत्र २०८१ १७:१९ शनिबार

#Neelam Yadav