राजनीति

स्वतन्त्र रूपमा स्ववियु सभापति निर्वाचित अधिकारी र कार्की क्रान्तिकारीका नेता रहेको दाबी

गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा स्वतन्त्र रूपमा जित निकालेका दुई सभपाति आफ्नो सङ्गठनको भएका अखिल (क्रान्तिकारी) ले दाबी गरेको छ।

केन्द्रीय प्रविधि क्याम्पस, धरानमा स्वतन्त्र रूपमा जितेका पेशल राज कार्की र चितवन इन्जिनियरिङ क्याम्पस, चितवनमा स्वतन्त्र रूपमा जितेका प्रज्ज्वल अधिकारी क्रान्तिकारीका नेता रहेका क्रान्तिकारीका महासचिव रोशन थापा मगरले दाबी गरे।

'अहिले हामीले १० ठाउँ जितिसक्यौँ। पेशल राज कार्की र प्रज्ज्वल अधिकारी पनि हाम्रै हुनुहुन्छ,' महासचिव थापा मगरले नागरिकसँग भने।

उनका अनुसार उनीहरूले चाँडै सङ्गठन प्रवेश गर्दैछन्। प्रज्ज्वल अधिकारीले मातृपार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटिसकेको उल्लेख गर्दै उनले भने, 'सम्भवत: आजै उहाँहरू हाम्रो सङ्गठन प्रवेश गर्नुहुन्छ।'

त्यसो त प्रज्ज्वल अधिकारी क्रान्तिकारीकै समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।

यसबाहेक क्रान्तिकारीले स्नातकोत्तर क्याम्पस, विराटनगर, नर्सिङ क्याम्पस, विराटनगर, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, सानोठिमी क्याम्पस, भक्तपुर, जनप्रशासन क्याम्पस, बल्खु काठमाडौं, गोरखा क्याम्पस, गोरखा, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा जित निकालेको छ।

प्रकाशित: ७ चैत्र २०८१ १४:५७ बिहीबार

#Swabiyu nirbachan #Prajjwal Adhikari #Peshal raj karki