राजनीति

पराजित शक्ति फर्किन चाहन्छन्, तर इतिहासको पांग्रा पछाडि फर्किन्न: शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले इतिहासको पाङ्ग्रा पछाडि नफर्किने दाबी गरेका छन्।

बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै शर्माले यस्तो बताएका हुन्।

पछिल्लो समय राजावादी गतिविधि बढेको विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै उपमहासचिव शर्माले यस्तो धारणा राखेका हुन्।

‘क्रान्तिलाई प्रतिक्रान्तिमा परिणत गर्न निरन्तर प्रयास हुन्छन्। पराजित वर्गले आफू स्थापित हुने प्रयास गर्छन्। यो स्वाभाविक कुरा हो,’ उनले भने, ‘तर, इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन। यसलाई मैले धेरै गम्भीर पनि लिएको छैन र सामान्य रुपमा पनि हेर्नुहुन्न।’

‘धेरै ठुला राजनीतिक उपलब्धि भएका छन्, त्यसलाई जनताले व्यवहारिक जीवनमा प्राप्त गर्न चाहने पनि शर्माले टिप्पणी गरेका छन्।

प्रकाशित: ६ चैत्र २०८१ १९:१२ बुधबार

#janardan sharma