राजनीति

तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी

मुगु- कार्तिक अन्त्यतिर चिसो छल्न स्थानीयवासी वेसी झरेसंगै सदरमुकाम फर्किएको मुगु गाउँमा रहेको सीमा सुरक्षा प्रहरी सोमबार फर्किएको छ।

तिब्बतसंग जोडिएको मुगु गाउँमा हिउँदमा अत्याधिक जाडो हुने हुदाँ बेसी झरेका स्थानीय बासि यार्साको समय नजिकिए पछि गाउँ फर्किसकेका छन्। यो बेला आलु गोडमेल गर्ने र यार्सा गुम्बा संकलन गर्ने समय भएको तथा गर्मी मौसम समेत सुरु भई सकेकाले स्थानीयबासी गाउँ फर्किएको मुगु मकार्मारोङ्ग गाउँपालिका वडा नम्बर २ मुगु गाउँका वडाध्यक्ष कार्मा लामाले बताए। यार्सा गुम्बा पाईने समय भएकाले लुकिछिपी यार्सा चोरी गर्ने, बन्यजन्तुको शिकार गर्ने भएकाले त्यस्ता गतिविधि हुन नदिन पनि गाउँलेहरु वैशाखको पहिलो हप्तामा नै गाउँ फर्किने र सीमा सुरक्षा प्रहरी पनि यहि बेला सीमामा पुग्ने वडाध्यक्ष लामाले बताए। पन्ध्र जनाको दरबन्दी रहेको सीमा सुरक्षा चौकिका लागि स्थानीयवासी गाउँ फर्किएसंगै प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सोमवार नै टोली  पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए। यार्सा गुम्बा संकलनका बेलाचोरी शिकारी,लुटपाट जस्ता अपराधिक क्रियाकलाप हुन नदिन सीमा सुरक्षा प्रहरी मुगु र प्रहरी चौकि पुलुलाई निर्देशन दिईएको प्रहरी प्रमुख बोगटीले जानकारी दिए।

हिजो आजदेखि नै यार्सा संकलनका लागि बाहिर जिल्लाबाट संकलक आउन थालिसकेकाले मुगु मकार्मारोङ्ग गाउँपालिकाले जेठ पाँच गते यार्सा संकलकलाई बनमा प्रवेश गर्न दिने निर्णय गरेको छ। जिल्ला भित्रका संकलकलाई पन्ध्र सय र जिल्ला बाहिरका संकलकलाई बनप्रबेश शुल्कलिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०९:४७ सोमबार

तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी