राजनीति

‘एसईई’ शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक गृहकार्य हुँदैछः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छिन्।

मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। उनले एसइईलाई परिक्षालाई व्यवस्थित गर्नको लागि परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड लगायतका निकायहरुको नियमितजसो बैठक बसिरहेको बताइन्।

उनले परिक्षा अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेको समेत बताइन्। उनले परिक्षा केन्द्रमा प्रहरी परिचालन गरेर विद्यार्थीहरुमा डर र त्रास पैदा गर्नुभन्दा व्यवस्थित रुपमा परिक्षा संचालन गर्न सामथ्र्यवान छौं भन्ने प्रमाणित गर्न प्रत्येक परिक्षा केन्द्रहरुलाई निर्देशन दिइएको समेत बताइन्। उनले विद्यालय शिक्षा विधेयकमा एसईईलाई प्रदेश राख्नेगरी व्यवस्था गर्नुपर्ने समेत बताइन्।

उनले भनिन्, ‘अहिले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सन्दर्भमा धेरै कुराहरु उठिरहेका छन् । अब एसईईलाई व्यवस्थित बनाएर जाउँ भन्ने सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड लगायतका सरोकारवालाहरुका बैठक लगातार बसिरहेका छन् । एसईई परीक्षाको सुरक्षाको लागि पनि परीक्षा बोर्डले गृह मन्त्रालयसँग अनुरोध गरेको छ । र मैले के भनेको छु भने सुरक्षा भनेर प्रहरी परिचालन गर्नुपर्ने आवश्यकता छैन । हामीले विद्यार्थीले गर्न हुने र गर्न नहुने कुराको कोड अफ कन्डक्ट बनाएका छौं । त्यसलाई मर्यादित हिसाबले गर्नको लागि परीक्षास्थलमा खटिने सबैले मर्यादित हुँदा विद्यार्थीलाई अनुशासित हुनको लागि अप्ठेरो पर्दैन । त्यसैले बाहिर सुरक्षाकर्मी परिचालन गरेर विद्यार्थीहरुलाई डर त्रास देखाउनेभन्दा पनि हाम्रो परिक्षा व्यवस्थित गर्न हामी सामथ्र्यवान छौं भन्नको लागि हामीले सूचना प्रवाह गर्न जरुरी छ भन्ने हिसावले मैले कुराकानी गरिरहेकी छु ।’

प्रकाशित: ५ चैत्र २०८१ १८:१३ मंगलबार

#Bidhaya Bhattrai