नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाले केन्द्रीय सरकारले गरेका कामको बेलाबेलामा गर्ने आलोचनाप्रति टिप्पणी गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको भन्दै टिप्पणी गरेका हुन्। उनले केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको बताए।
उनले लेखेका छन्, 'उनले लेखेका छन्, 'केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेछ!'
महासचिव पोखरेलले नेपाली समाज प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ? भन्दै प्रश्न समेत गरेका छन्। उनले भने, 'जसको काम उसको प्रशंसाको संस्कृतिवाट किन विमुख हुँदैछ, नेपाली समाज?'
प्रकाशित: ५ चैत्र २०८१ १०:१० मंगलबार