राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

आज (सोमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ४ चैत्र २०८१ ०७:०४ सोमबार