राजनीति

सुमनाले नेवार समुदायको चिहानको जग्गा कांग्रेसले हडपेको भनेपछि संसदमा होहल्ला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सो कुरा बताएकी हुन्। श्रेष्ठले उक्त कुरा बोलेपछि नेपाली कांग्रेसका सांसदहरूले बैठकमा होहल्ला गरेका थिए। उनीहरुले उक्त कुरा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए।

सभामुख देवराज घिमिरेले संसद्मा कुनै पनि कुरा बोल्दा सांसदहरूले तथ्य र प्रमाणकै आधारमा बोलेको हुनुपर्ने बताएका थिए। 

प्रकाशित: २८ फाल्गुन २०८१ १२:४१ बुधबार

#Sumana Shrestha