राजनीति

राप्रपाको आह्वान- सङ्कटमुक्त देश बनाउन एकजुट हौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्त जनताहरू एकजुट हुनका लागि आह्वान गरेको छ।

पार्टी महामन्त्रीसमेत रहेका आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन्।

'देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी,  प्रजातन्त्रवादी र देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोध गर्दछु,' उनले विज्ञप्तिमा भनेका छन्।

अगाडि उनले भनेका छन्, 'प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान भएको छ। देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु।'

यसअघि मङ्गलबार पूर्वराजाले देश बनाउनका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए।

प्रकाशित: ७ फाल्गुन २०८१ १६:३८ बुधबार

#Dhawal Shamsher Rana