राजनीति

बाबुरामविरुद्ध नेत्रको ७१ मत

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई दोहोरिएका छन्।

गत माघ २७ गतेयता काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि पनि निर्वाचन भएको थियो।

निर्वाचनमा भट्टराईसहित युवा नेता नेत्र चापागाईंले पनि उम्मेदवारी दिएका थिए। तर, नेत्रले ७१ मतमा सीमित हुनुपर्‍यो।

जम्मा ८७३ मत खसेको थियो। जसमध्ये नेत्रले ७१ मत पाएका हुन्। भट्टराईले बाँकी ८०२ मत बटुले।

यसबारे आधिकारिक रूपमा पाँच बजे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइने शर्माले बताए।

नयाँ शक्तिले पार्टीका सबै पदाधिकारी निर्वाचनमार्फत चुनिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुरूप पदाधिकारी चुनिइसकेका छन्।

नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

यो पनि पढ्नुहोस्

नयाँ शक्तिको अध्यक्षमा पुन: बाबुराम भट्टराई

 

प्रकाशित: १ फाल्गुन २०८१ १५:५० बिहीबार

#Netra Chapagain