राजनीति

नयाँ शक्तिको अध्यक्षमा पुन: बाबुराम भट्टराई

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।

गत माघ २७ गतेयता काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो। अध्यक्षका लागि भट्टराईसहित युवा नेता नेत्र चापागाईं प्रत्याशी थिए।

चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा दोहोरिएका हुन्। 'डा. बाबुराम भट्टराई अध्यक्ष निर्वाचित हुनुभयो,' उनले भने।

आधिकारिक रूपमा पाँच बजे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइने शर्माले बताए।

नयाँ शक्तिले पार्टीका सबै पदाधिकारी निर्वाचनमार्फत चुनिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुरूप पदाधिकारी चुनिइसकेका छन्।

नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

प्रकाशित: १ फाल्गुन २०८१ १५:३७ बिहीबार