राजनीति

नयाँ शक्ति अध्यक्षको मतगणना : बाबुराम अघिअघि, नेत्र पछिपछि

<br>

नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनअन्तर्गत अहिले अध्यक्ष पदका लागि भएको मतदानको गणना जारी छ।

अध्यक्षका लागि डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धारत छन्। मतदानमा ८२२ मत खसेको थियो। जसमध्ये आधाभन्दा बढी गनिसकिएको नेता कृष्ण शर्माले जानकारी दिए।

८२२ मध्ये आधाभन्दा बढी मत गनिँदा भट्टराई अगाडि छन्। सवा दुईतिरको मतगणनाअनुसार भट्टराई चापागाईंभन्दा ९० मतले अगाडि थिए।

अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना सकिसकेको छ। नेता शर्माका अनुसार अध्यक्षको नतिजा पनि ५ बजेभन्दा अगाडि नै आउने छ।

'अबको दुई घण्टाभित्र नतिजा आउँछ,' उनले भने, 'मतगणना त एक घण्टाभित्र सकिएला। दुई घण्टाभित्र त नतिजा नै आउँछ।'

प्रकाशित: १ फाल्गुन २०८१ १४:३५ बिहीबार

#Netra Chapagain #Baburam Bhattarai