राजनीति

पार्टी एकता बैशाखमै हुन्छः अध्यक्ष दाहाल

चितवन-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताएका छन्। चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अब कोशिस गर्दै छौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ। त्यसपछि मिति फिक्स हुन्छ।’ यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो।

अध्यक्ष दाहालले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताए।

‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उनको भनाई छ।

 

प्रकाशित: ५ वैशाख २०७५ ०७:३७ बुधबार

पार्टी एकता बैशाखमै हुन्छः अध्यक्ष दाहाल