राजनीति

केवलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दूभाग्यपूर्ण: राप्रपा नेपाल

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दूभाग्यपूर्ण भएको राप्रपा नेपालले जनाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले पवित्र तीर्थस्थल क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दूभाग्यपूर्ण भएको जनाएको हो ।

पाथीभरा माताको क्षेत्रमा केवलकार भन्दा पनि सुविधायुक्त पैदल मार्ग, खानेपानी, बिजुली, विश्राम स्थलको आवश्यकता रहेको राप्रपा नेपालले जनाएको छ। 

प्रकाशित: २० माघ २०८१ १८:४३ आइतबार

#Raprapa Nepal