राजनीति

रास्वपालाई एमालेले भन्यो: रविविरुद्धको कारबाही जायज हो–होइन शिशिर खनाललाई सोध्नु

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सहकारी ठगी प्रकरण रवि लामिछानेमाथिको कारबाहीबारे आफ्नै सांसद शिशिर खनाललाई सोध्न सुझाव दिएका छन्।  

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। 

‘सहकारी सम्बन्धी कारबाहीको कुरा संसद्ले दिएको निर्देशन हो, माननीय सूर्य थापाको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय भएको हो,’ भट्टराईले भने,‘म सम्मानसाथ रास्वपाका साथीहरूलाई भन्न चाहन्छु । तपाईँहरूले उठाएको मुद्दा जायज हो कि होइन सरकारलाई होइन माननीय शिशिर खनाललाई सोध्नुस्। उहाँले जवाफ दिनुहुन्छ।’ सांसद खनालले सही गरेको प्रतिवेदन भएकाले सरकारप्रति औला उठाइरहनुपर्ने अवस्था नभएको उनले बताए। 

प्रकाशित: १८ माघ २०८१ १५:१९ शुक्रबार

#Yogesh Bhattarai