सहिद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका छन्।
बुधबार प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीहरू, उपसभामुख सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका हुन् ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ ।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।


प्रकाशित: १६ माघ २०८१ १२:२२ बुधबार