नेकपा (एमाले) को संसदीय दलको बैठक बसिरहेको छ। बैठक संघीय संसद भवनको लोह्त्से हलमा बसिरहेको हो।
संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ । दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
सोही बैठकको तयारीका लागि एमाले संसदीय दलको बैठक बसिरहेको हो।
प्रकाशित: १५ माघ २०८१ १४:१८ मंगलबार