राजनीति

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

काठमाडौं – लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ।

आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ। सन् २०१० मा उक्त संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो। नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि एशिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकाछन्।

त्यसैगरी आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल निर्वाचित भएको छ। उक्त आयोगमा एशिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्याण्ड र इरान निर्वाचित भएका छन्। उक्त पदका लागि गोप्य मतदान भएको ५४ सदस्यीय राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्मा नेपालले ५२ मत प्राप्त गरेको उक्त नियोगले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। रासस

प्रकाशित: ४ वैशाख २०७५ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App