राजनीति

सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसलाको पुनरावलोकन गर्दै सर्वोच्च

सर्वोच्च अदालतले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने फैसलाको पुनरावलोकन गर्ने भएको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्चको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावलोकनका लागि निवेदन दिएको थियो। यसपछि फैसलाको पुनरालोकन हुने भएको हो।

अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै फैसला पुनरावलोकनका लागि अनुमति दिएको हो।

२०८० चैत १६ गते सर्वोच्चका न्यायाधीश मनोज शर्मा र विनोद शर्माको इजलासले सांसद गुरुङको निलम्बन फुकुवाको आदेश दिएको थियो।

भ्रष्टाचार मुद्दा लागेपछि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार स्वतः निलम्बनमा परेका गुरुङ २०७९ पुस १२ गते अख्तियारको पत्रअनुसार निलम्बनमा परेका थिए।

प्रकाशित: १० माघ २०८१ १९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App