राजनीति

कांग्रेस-एमालेलाई हृदयेशको सुझावः बहुमत चाहिए आधा-आधा सिट बाँडेर निर्वाचन लड्नुस्

नेता हृदयेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेलाई आधा/आधा सिट बाँडेर निर्वाचन लड्न सुझाव दिएका छन्।

बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले दुई दलीय व्यवस्था र बहुमत चाहिएको भए आधा÷आधा सिट बाँडेर लड्दा बहुमत आउने बताए। उनले आन्दोलन गर्दा सात दल चाहिने तर अहिले दुई दलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको बताए।  कांग्रेस र एमालेले लोकप्रियता हाँसिल गरेको भए जनताले गत निर्वाचनमै बहुमत दिने बताए।

उनले भने, ‘आन्दोलन गर्दा हामी ७ दल चाहिने, अनि अहिले दुई दलको कुरा गरेर हुन्छ रु बहुदलीय व्यवस्था वा प्रणाली जुन हामीले अपनाएका छौँ । नेकपा एमालेका जो नेता हुनुहुन्थ्यो मदन भण्डारी । उहाँको जनताको बहुदलीय जनवादकै विपरित हो दुई दलीय जनवाद । दुई दल भनेको काँग्रेस र एमाले उहाँले सोच्नुभएको होला । काँग्रेस र एमालेले यदी लोकप्रियता हाँसिल गरे भने त दुई दललाई बहुमत कसैलाई आइहाल्छ । अर्को निःशुल्क सल्लाह के छ भने यदी बहुमत नै ल्याउने हो भने आधा आधा सिट बाँडेर लडे भइगयो नि । त्यसको लागि संविधान संशोधन, नियमावली, कानून केही हेर्नैपर्दैन ।’

प्रकाशित: १० माघ २०८१ १८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App