राजनीति

समाज अघि बढाउन संस्कृति आवश्यक: सिंह

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। बिहीबार धादिङ लोक सांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ।’

उनले भाषा, संस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेसभुसा, कला संस्कृतिलाई जीवन्त राख्नुपर्नेमा जोड दिए। लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म, संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि उल्लेख गरे। लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा समेत गरे।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए। ‘आवश्यकता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौँ। सबै काम एकै पटक हुँदैन। नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौँ,’ उनले भने।

प्रकाशित: १० माघ २०८१ १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App