राजनीति

पौडेलको आरोप: भीम रावल अराजक, व्यक्तिगत स्वार्थमा चल्ने पात्र

अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावललाई अराजक व्यक्तिको संज्ञा दिएका छन्। बुधवार कास्की एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो आरोप लगाएका हुन् । 

‘भीम रावल सम्पूर्ण रूपमा अराजकतावादी मान्छे हुन् । भीम रावलका सन्दर्भमा एमालेभित्र कसैले पनि भ्रम राख्न जरुरी छैन,’ पौडेलले भने, ‘यस्ता अराजक, व्यक्तिगत स्वार्थमा चल्ने व्यक्तिलाई कारबाही गर्दा पार्टीको हित नै भएको छ।’ 

भीम रावलमाथिको कारबाहीले पार्टीलाई कहिँकतै क्षति नपुगेको पनि पौडेलले बताए । 

प्रकाशित: ९ माघ २०८१ १८:३० बुधबार

#Bhim Rawal #Bishnu Prasad Poudel